नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Saturday, April 20, 2013

नारि

हे माहासुरुष हरु
तिमीलाई कुरू कुरी छ
अब म पनि तिमि हरु जस्तै भएकी छु
 हो मैले आफ्नो पाठेघर फालेको छु
अब
तिम्ले म संग घुडा टेकेर
रुदै कराउदै बिलौना गर्दै
आफ्नो बन्शज बदाउन
अलिकति डिब्बा भिख माग्नु पर्दछ
तर अह म दिनेछैन
तिम्रो बंसज बडाउने गोदाम म संग छैन
अब  मेरा योनि हरुले तिम्रा लिङ्ग को उपेक्षा गर्ने छन्
 म अब तिम्रो स्खलन लाइ कुरेर बस्ने छैन
हो म अब तिमीलाई बलात्कार गर्न सक्ने भएकी छु
अब म
तिम्लाई चाहिएको बेलाको हैन
तिमि
मलाइ चाहिएको बेलाको खेलौना बन्ने छौ
हो मेरो चाहाना पुरा गर्ने खेलौना
अब
मैले तिम्रो बन्शज बढाउने खेलको लागि
महिने पिच्छे  २/३ लिटर रगत बगाउनु पर्ने छैन
हो म अब नछुने जात बन्नु पर्ने छैन
किनकी म संग अब पाठेघर नै छैन
अब
शारीरिक रुपमा पनि म तिमि जस्तै बलोयो भएकी छु
आउ कुस्ती खेल्न
मेरा स्तन ले अब कसैलाई दुद चुसाउनु परेको छैन
त्यसैले ति दह्रा भएका छन्
ढुंगा भन्दा नि साह्रा
म अब तिम्रो शुख भोगिनी हैन
अब म
 बास्तबिक नारि भएकी छु
हो नया किसिम  कि नारि !!!

1 comment:

  1. Daju ki kassam lyamma dinu vayo..Dami kya chittai bujni.Mero ki vitarai samma chuyo.100 ma 75% suddi haru daju kai fan la.

    ReplyDelete