नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Thursday, January 26, 2012

आजको बाटो


आजको बाटो

रुढीग्रस्त पीडाको बोझ बोकेर
एउटा घरको मुली माइलो
मुग्लान पसेको छ
... अभाबै अभावको चिथरा लपेटेर
टोपी मिलाउदै बिसी झरेको छ
केहि मुठी भटमास र ठेट्ना
खाजा सामल छ उसको
खोलाको पवित्र पानि
अन्जुलिले उबाई पिउछ
पाखा सम्झदै मुग्लान लाग्छ
नोटका बिता मनमा फलाई
माइलीलाई राम्रो सारी,
चुरा र पोतेको कल्पनामा
ढुंगामा ठेस लाग्छ
उद्रिन्छ नग,
रगत्मुछे गोडा अब
तप्त बालुवामा सार्छ,
मुग्लान लाग्छ
अनपढ ठितौले बैंस
दर्मान,पालेको काम खोज्छ
च्वास्स गर्छ उसको मुटु
घाउमा बालुवाले पुरिन्छ
आजको बाटो तुरिन्छ
०६८ १० १२ समय १२ ३५ मध्यान्
माधब प्रसाद कोइराला

No comments:

Post a Comment