नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Thursday, August 25, 2011

आशिष साना किसानको

आशिष  साना किसानको

राम्रा ति गहना आभुषण होउन्, राम्रै होउन् काचुलि ।
राम्रै होस घरबार र सखा, शिक्षित परिवारकी ।।

इच्छा शक्ति होउन् तेज पुष्प भमरा, चुस्ने न उड्ने सरी ।
भाषा भेष र देश गुनिलो, बोल्ने बनुन् शिव हरि ।।

प्रेमैको सब बोलि सुनियोस्, संस्कृत श्लोकआदि घोलि ।
राम्रै हुन् दुहुना लता तरु विसे, फलादिले  झन् झुली ।।

बाला झुलुन् अन्नादि रसले, सिंचित कुलेसा मुनि ।
गाला बालाका रहुन् ति रमिते, दुधालु धेनु दुई ।।

सानै हुन् के किसान तिनमा, दया सदाभै दिउन् ।
सानै होस के ढुकुटि तिनका, अन्नादि सदा बांडिउन् ।।

सन्तोषि फलको विवेकि मुलको, मेवा फलोस् बोटमा ।
सुसंस्कृत सब सखा रहुन् तिनका, उग्राउन् धेनु गोठमा ।।

पूजुन पांचजन्य परमेश्वर सदा,
अमृत बसोस ओठमा ।

माधब प्रसाद कोइराला

1 comment: