नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Sunday, August 5, 2012

टुइटर परिषद पहिलो पल्ट संसोधन

देश मा सहमतीय सरकार गठन हुन् न सकिरहेको अबस्था मा यो टुइटर मा चाहि सहमतीय सरकार गठन भएको खबर पाउदा हामि एकदमै हर्षित छौ | टुइटर  परिषद को कार्य विभाजन यसप्रकार गरिएको छ 

टुइटर परिषद लाइ आम जनचाहाना मुताबिक टुइटर संबिधान २०५९ http://sanubhai.wordpress.com  को भावना र मर्म अनुसार पहिलो पल्ट संसोधन गरिएको छ | 


१. रास्ट्र पति : श्री हरि नेउपाने उर्फ काकाबा @KakaBaa

कार्य अधिकार : बरिस्ठ हुने र अरुले गरेका  टुइटर  को मुल्यांकन गर्ने अनि शुभाशिस भन्न र ब्लगको प्रचार गर्न न छुटाउने |

२. प्रधानमन्त्रि : नारायण अमृत उर्फ लुरे दाइ @n _amrit

कार्य अधिकार : बरिस्ठ पाराले टुइट गर्ने अनि आर टि गनेर बस्ने |

३.उप प्रधान तथा सस्कृति मन्त्रालय : बिद्यार्थी उर्फ पुजारी @poozaaree

कार्य अधिकार : शंख फुक्ने अनि घण्टा हल्लाउने र कसिले सिकाउन खोज्यो भने घण्टा देखाउने |

४. मर्मत संहार मन्त्रालय : अशन का तालुखुइले ब्यापारी उर्फ पागलबस्ति @MadsArea

कार्य अधिकार : सकेसम्म कसैलाई नि फलोब्याक नदिने र कसैको मोबिल बिग्रेमा न रिसाइकन बनाइदिने |

५. बिज्ञान तथा सामाजिक संजाल मन्त्रालय : आकार अनिल उर्फ आकार पोस्ट  ‏@aakarpost
र अर्का रक्त चन्दन जस्ता उर्फ चन्दन गुप्ता ‏@chandangoopta

कार्य अधिकार : यसो उसो कसैको न सुन्ने र प्रबिधि को बारेमा लगातार तुइत गरिरहने |

6. बहु विभागीय मन्त्रालय : धराने साइला दाइ र अम्रिकाने डाक्टर : @CodeRuiner  र
कार्य अधिकार : जुन सुकै बिषयमा पनि बहश गर्न सक्ने र निउ खोज्नेलाई ब्लक हान्नमा पछी न पर्ने |

7. थोक तथा खुद्रा ब्यापार मन्त्रालय : गाइ घाटे माइलो उर्फ  माइला साउ  ‏@maila_sau

कार्य अधिकार : सामान को किन बेच गर्न पछी नपर्ने र सामान खोज्दैमा समय बिताउने  |

8. मठ मन्दिर मन्त्रालय : जोगी उर्फ बाबाजी  ‏@baabajee

कार्य अधिकार : देश भरका मठ मन्दिर को जगेर्ना गर्ने र पुजापाठ गर्ने अनि किताब माग्न न छोड्ने  |

9. युवा तथा बैदेशिक मन्त्रालय :बोकेश्वोर माहादेब उर्फ गौरव खतिवडा ‏@seasonsgk
कार्य अधिकार : युवाका समस्या का बारेमा बहश गर्ने र हात लाइ धेर दुख्ख नदिने उपाय खोज्ने  |

१०. महिला तथा महिला कल्याण मन्त्रालय : सुस्मिता नेपाल उर्फ सुस्मिते @sushmite
कार्य अधिकार : टाईम लाइन मा जसले जे सुकै लेखोस बाल दिदै आफ्नै कुरो मात्र एकोहोरो लेखिरहने र महिला को हक र हित टाइम्लाइन मा खोजिरहने  |

११. स्वास्थ्य मन्त्रालय : यस आचार्य उर्फ S.Acharya  ‏@acharya14
 कार्य अधिकार : मुख देखाउन सधै लजाउने तर् आफु डाक्टर भएपनि देशको मात्रै चिन्ता गरिरहने  |

१२. समय मन्त्रालय : गाईघाटे गोजे उर्फ भुपाल राउत @GoGoze
कार्य अधिकार : कति बज्यो भनेर घण्टा हल्लाउदै सबैलाई जानकारी दिन नबिर्सने र घडीको ब्यापार गर्ने  |

१३. भाडावाल मन्त्रालय : अरुले  भन्दैनाकी भनेर नामको पछाडी दाइ झुन्ड्याउने लेंदाई उर्फ लेलिन बन्झाड़े |
कार्य अधिकार : गालि गर्न न छाड्ने चाहे तो राजनेता होस् वा घर नेता

१४. यातायात मन्त्रालय : बिराटनगर को  अन्ते उर्फ अनन्त कोइराला  @AnantaBrt
कार्य अधिकार : राजमार्ग जीवनका मूल आधार भन्ने तर् गाडी एकनास ले दौराउन न सक्ने , कहिले  अगाडी त् कहिले पछाडी मात्र गरिरहने  |

१५ खेलकुद मन्त्रालय : सुजन र अधिकारि उर्फ सुजन  अधिकारी  ‏@nepsoldier03
कार्य अधिकार : खेल लाइ कुदाउदै तेस्को बिकास खोज्न खोज्ने  |

१६ जनसंख्या बृदि मन्त्रालय :बरुणले खोलेको कम्पनि उर्फ बरुण कम्पनि  ‏@brnpkrl
कार्य अधिकार : कम्पनि नै खोलेर जनसंख्या ब्रिधि गर्न सहयोग गर्ने र चिन लाइ उछिन्ने प्रयास गर्ने |

१७.मायालु मन्त्रालय अर्थात लभ मन्त्रालय : चालिसे भाइ उर्फ सुसिल चालिसे @shadowofnepal
कार्य अधिकार : दाई भाइ कसैको पनि गर्ल फ्रेन्ड लाइ लाइन हान्न न छोडेर लभ गर्या छु भनेर फुर्ति देखाउने |

१८.सैलुन मन्त्रालय : सबैको दाह्री उर्फ निरज  ‏@niraj_1974 कार्य अधिकार : दाह्री काट्नु हुदैन भनेर सबैलाई उक्साउन आफ्नै नाम दाह्री राखेर सैलुन बन्द गराउन प्रेरित गर्ने |

१९.स्वागत मन्त्रालय : हेटौडा का सिग्देल उर्फ उमेश सिग्देल @Sigdelumesh
कार्य अधिकार : हेटौडा पुग्ने जो कसैलाई पनि होटल मा  बोलाएर कमसे कम एउटो बियर ले स्वागत गर्न पछी न  हट्ने |

२०. रुप मन्त्रालय : TL कि सबैभन्दा सुन्दरी उर्फ जयन्ति पौडेल  ‏@knchn19 
कार्य अधिकार : आफु राम्री छु भनेर घमण्ड त् न गर्ने तर् सुन्दर को बयान न गर्ने र  आफु सधै टिन यज को छु भनेर नाम को पछाडी १९ झुन्ड्याई  रहने  |

धन्यबाद |
सबैले आ आफ्नो मन्त्रालय को काम जिम्बेवारी तरिकाले निभाउनु हुनेछ भन्ने आश लागेको छ |
श्री पशुपति नाथ ले हामि सबैको कल्याण गरुन |
जय टाईम लाइन |




 अरु मन्त्रालय हाल लाइ खालि राखिएको छ कसैलाई चाहिएमा सहमतिमा जति पनि बिस्तार गर्न सकिने छ | धन्यबाद |


(कसैलाई कुनै आप्पति भएमा राजिनामा दिन सक्नु हुनेछ | सहयोग को लागि धन्यबाद |)

13 comments:

  1. यो पटक को विस्तारमा पनि परिएन त । कतै मेरो बिरुद्द षडयन्त्र त भएको छैन :पी ।

    ReplyDelete
  2. दोश्रो पटकको मा नि पारेनौ है खडयन्त्र बादीहरुले... अब जमेर अनसन बसिन्छ, रिले बाट शुरु...

    ReplyDelete
  3. दुइ दुइ पटक बिस्तार गर्दा पनि कुल्दाईले हाम्लाई हेपेचन यस्तै हो भने अब कुल्दाई का बिरुद्ध सशस्त्र संघर्ष सुरु गरिन्छ, कि त हाम्रो मागको पनि सुनुवाई हुनु पर्यो हाम्लाई पनि यौटा मन्त्रालय चाहियो अलि दमदार खालको होइन भने...

    ReplyDelete
  4. हाम्लाई नी कुनै चन्द्रघन्टा मन्त्रालय दे हुन्तयो के रे

    ReplyDelete
  5. दर्शन नमस्ते ! सुत्ने हरूलाई शुभ-सपनी !. जाग्ने हरूलाई शुभ-दिन ! घुम्ने हरूलाई शुभ-यात्रा ! बस्ने हरूलाई शुभ-सोच ! सबैलाई शुभ-क्षणको कामाना !! साथै आज जन्मदिन पर्ने सबैलाई जन्मदिनको धेरै धेरै शुभकामना शुभ रात्री ,,

    ReplyDelete
  6. lol....Ramesh Nepali = Swagat Mantralaya

    ReplyDelete
  7. हावादारी लाग्यो ।
    सार्थक परिषद होला कि कुनै भनेर पुरै पढेको त खै, गर्न खोजेको के हो के जस्तो भयो मलाई त । गलत छु भने जवाफ पाउँ है

    ReplyDelete
  8. Kulu dai tapai ko lagi hunu parne auta mantralaya kina gathan na gareko

    ReplyDelete
  9. समानान्तर रुप मा आर्को सर्खार गठन गर्न पर्ने देखियो हामी लाइ उपयुक्त मन्त्रि पद दिन सक्नु भएन कुल्दाई ले

    ReplyDelete
  10. परिषद चलाउन "पिए" पनी चाहिएला नि ? चियाचुस्किमा सहयोग गर्न त "पिए" को ठुलै भुमिका हुन्थ्यो । म पनी यता खाली नै थिए ।

    ReplyDelete
  11. हामी ले के ताली पिट्न लाइ मात्र यत्रो ट्वीटर मा राजनीति गरेको बुडा ?

    ReplyDelete